नागरिक लगानी कोष र आइएमई लाइफबीच शेयर प्रत्याभुति सम्बन्धी सम्झौता 

नागरिक लगानी कोष र आइएमई लाइफबीच शेयर प्रत्याभुति सम्बन्धी सम्झौता 

बैंक खबर । आइएमई लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा १७६ रुपैयाँ प्रिमियम थप गरी २७६ रुपैयाँ प्रतिकित्ताका दरले आईपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ बरारको एक करोड २० लाख कित्ता शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो । 

इन्स्योरेन्सले निष्काशन गर्ने उक्त शेयरको प्रत्याभुति नागरिक लगानी कोषले गर्ने भएको छ । कोष र इन्स्योरेन्सबीच शेयर प्रत्याभुति गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फूयाँलले हस्ताक्षर गरेका छन् । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस