महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

बीमा खबर । महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ३५.३८ प्रतिशतले बढेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको विवरण अनुसार खुद नाफा ७ करोड १८ लाख रुपैयाँ छ । जबकी पोहोर पुसमा इन्स्योरेन्सले ५ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो । 

इन्स्योरेन्सको बिमा शुल्क आर्जन बढेपछि नाफा बढेको देखिएको छ । गतवर्ष पुसमा ६७ करोड ९१ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकामा अहिले पुससम्म ७३ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ । 

इन्स्योरेन्सको दिर्घकालिन लगानी तथा कर्जा ३ अर्ब ५४ करोड रुपैयाँ नाघेको छ । बिमालेख धितोमा २६ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ । 

इन्स्योरेन्सको दाबी भुक्तानी यसपटक बढेको छ । गतवर्ष पुससम्म ७ करोड ३७ लाख रुपैयाँ दाबी भुक्तानी गरेकामा यसपटक १० करोड १७ लाख रुपैयाँ भुक्तानी दिएको छ । 

All banking information at your fingertips


शेयर गर्नुहोस