प्रिमियममा आईपीओ जारी गर्न आइएमई लाइफ इन्स्योरेन्सले दियो धितोपत्र बोर्डमा आवेदन

प्रिमियममा आईपीओ जारी गर्न आइएमई लाइफ इन्स्योरेन्सले दियो धितोपत्र बोर्डमा आवेदन

बीमा खबर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा साधारण शेयर जारी गर्ने भएको छ । इनस्योरेन्सले प्रिमियममा सेयर जारी गर्नक लागि फागुन २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यको शेयरलाई प्रतिकित्ता १७६ रुपैयाँ थप गरी आईपीओ जारी गर्न स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको हो । बोर्डबाट साधारण शेयर निष्कासनको अनुमति पाएपछि कम्पनीले प्रतिकित्ता २७६ रुपैयाँका दरले आईपीओ निष्काशन गर्नेछ।

इन्स्योरेन्सले १ करोड २० लाख कित्ता साधारण शेयर जारी गर्न लागेको हो । इन्स्योरेन्सको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो।
 

All banking information at your fingertips


शेयर गर्नुहोस