लक्ष्मी सनराइज बैंकले डाक्यो पुस २६ गते वार्षिक साधारणसभा

लक्ष्मी सनराइज बैंकले डाक्यो पुस २६ गते वार्षिक साधारणसभा

बैंक खबर । लक्ष्मी सनराइज बैंकले पुस २६ गते २३औँ वार्षिक साधारणसभा गर्ने भएको छ । सधारणसभा काठमाडौंको कमलपोखरी स्थित अग्रवाल भवनमा दिउँसो दुई बजे सुरु हुनेछ ।  साधारणसभाले बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्नेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यस्तै, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक सेयरधनीको तर्फबाट २ जना र सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १९ गते बिहीबार सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले साधारणसभामा सहभागिता जनाउन र लाभांश पाउन सक्नेछन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस