हिमालयन बैंकको ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर

हिमालयन बैंकको ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर

बैंक खबर । हिमालयन बैंकले कनेक्ट आइपीएससँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि “फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा” अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैंकिङ प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

यो अफर भदौ १ देखि ३१ गतेसम्म लागू हुनेछ । मोबाइल बैंकिङ्ङ एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा लकी ड्र मार्फत् बिजेता छनोट गरिने बैंकले जनाएको छ । 

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ । 
हिमालयन बैंकको मोबाइल बैंकिङ  एपमा हालसम्म १७०,००० भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ताहरु छन् ।


 

All financial information at your fingertips.


शेयर गर्नुहोस