एनआइसी एशिया बैंकद्वारा आफ्नै पेमेन्ट स्वीच सञ्चालन

एनआइसी एशिया बैंकद्वारा आफ्नै पेमेन्ट स्वीच सञ्चालन

बैंक खबर । एनआइसी एशिया बैंकले आफ्नै पेमेन्ट स्विच सञ्चालनमा ल्याएको छ । बैंकले सँगको सहकार्यमा अफ्नै पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको हो । हालैमात्र स्वीचको सफलतापूर्वक कार्यान्वयन गरी भुक्तानी प्रणालीमा आवद्ध गरेको बैंकले जनाएको छ । 

डिजिटल कारोबारमा आम ग्राहकहरुको उल्लेख्य उपस्थिति भइरहेको तथा उक्त संख्यामा उत्साहजनक वृद्धि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले कार्डबाट हुने कारोबारलाई थप विश्वसनीय एवं सहज बनाउनका निमित्त आफ्नै पूर्वाधार खडा गरेको जनाएको छ । यस स्वीचको मद्दतले यस बैंकका पीओएस तथा एटिएम टर्मिनलहरुमार्फत गरिने कारोबारलाई अन्तर आबद्धता स्थापित गरी कारोबारलाई सुरक्षित र सरल समेत बनाउन ठोस टेवा मिल्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आधुनिक प्रविधिहरु आत्मसाथ गर्दै बैंकले सञ्चालनमा ल्याएको यस स्वीचको सदुपयोग गरी ग्राहकहरु माझ नवीनतम प्रविधिमा आधारित विभिन्न डिजिटल प्रोडक्ट तथा सेवाहरु पु¥याउन मद्दत पुग्ने हुँदा उनीहरुको दैनिक बैंकिङ अनुभवलाई नै अझ परिस्कृत बनाउनको निमित्त उक्त स्वीच कोषेढुंगा सावित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०७ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जालमार्फत वित्तीय सेवा दिइरहेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस