यस्तो छ नेपाल पुनर्बिमा कम्पनीको व्यापार, कति कमायो नाफा ?

यस्तो छ नेपाल पुनर्बिमा कम्पनीको व्यापार, कति कमायो नाफा ?

बीमा खबर ।  नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा १८ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनील प्रकाशित गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्म कम्पनीले निर्जीवन व्यवसायबाट १७ करोड ८४ लाख र जीवन व्यवसायबाट १ करोड ५ लाख खुद रुपैयाँ नाफा आर्जन गरेको हो । 

कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन व्यवसायबाट १६ करोड ४९ लाख र जीवन व्यवसायबाट ७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस वर्षको पहिलो त्रैमासमा गतवर्षको सोही अवधिको तुलनामा कम्पनीको निर्जीवन व्यवसायबाट भएको नाफा बढेको छ भने जीवन व्यवसायबाट हुने नाफा घटेको छ । 

११ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४८ पैसा छ । यस्तै मूल्य आम्दानी अनुपात ८९.६६ गुणा, प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ३४ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २५७ रुपैयाँ ८७ पैसा रहेको छ । 

कम्पनीले गुणस्तरीय एवं प्रभावकारी सेवाका कारण जीवन तथा निर्जीवन बीमा कम्पनी, पुनर्बिमा दलाल र अन्तर्राष्ट्रिय पुनर्बीमकहरुको विश्वास हासिल गर्न कम्पनी सक्षम भएको बताएको छ । 

All banking information at your fingertips


शेयर गर्नुहोस