राष्ट्र बैंकमा रोजगारी खुल्यो, १०+२ पासलाई पनि अवसर

राष्ट्र बैंकमा रोजगारी खुल्यो, १०+२ पासलाई पनि अवसर

बैंक खबर । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६७ जना कर्मचारी मागेको छ। राष्ट्र बैंकले शुक्रबार सूचना प्रकाशन गर्दै अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितिय श्रेणीको सहायकसम्मका लागि दरखास्त आह्वान गरेको हो।

अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ अधिकृत तृतीय श्रेणीका लागि ५ जना, वाणिज्य कानुनतर्फ २ जना, सूचना प्रविधितर्फ ६ जना, सहायक द्वितीय श्रेणी अन्तर्गत कानुनतर्फ ४ जना र सूचना प्रविधितर्फ ११ जना कर्मचारी माग ेको छ । 

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले अनलाइनमार्फत पुस २६ भित्र दरखास्त दिन सक्नेछन्।

All financial information at your fingertips.


शेयर गर्नुहोस