गुराँस लाइफ इन्स्योरेन्सले १३.२७ प्रतिशत बोनस शेयर दिने

गुराँस लाइफ इन्स्योरेन्सले १३.२७ प्रतिशत बोनस शेयर दिने

बीमा खबर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सको सञ्चालक समितिको चैत ९ गते बसेको बैठकले हाल कामय चुक्ता पूँजीको १३.२७१२७७२ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो । बोनस शेयरमा लाग्ने कर शेयरधनी आफैले भुक्तानी गर्नुपर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ । 

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस