प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स 

प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स 

बीमा खबर । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको हो । 

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँका दरले साधारण शेयर निष्कासन गर्न लागेको हो । पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि साउन १ गतेदेखि १५ गतेसम्म आईपीओ खुला गर्ने भएको छ । 

इन्स्योरेन्सले कुल निष्काशन गर्न लागेको शेयरको १० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएकाहरुका लागि बिक्री गर्नेछ । आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

आवेदन आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयर एपबाट दिन सकिनेछ । आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैंकिङ रहेको छ । 

इन्स्योरेन्सको आइपीओका लागि केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल बी इस्युअर रेटिङ प्रदान गरेको छ । जसले इन्स्योरेन्सको वित्तीय दायित्व बहन गर्न सक्ने क्षमता औसत रहेको जनाउँछ । 
 

All financial informationa at your fingertips.


शेयर गर्नुहोस