नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०८१ मंसिर १७ गते सोमबार ।

बैंकको खबर । नेशनल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनका लागि मंसिर १८ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्दैछ । त्यसैले आज मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

लघुवित्तले मंसिर २४ गते, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ५ स्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजे एघारौँ वार्षिक साधारणसभा बोलाएको छ । 

साधारणसभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस