न्यून आय भएका सबै नागरिकको लघुबीमा गरिने

न्यून आय भएका सबै नागरिकको लघुबीमा गरिने

अर्थतन्त्र । सरकारले न्यून आय भएका वर्ग र समुदायका सबै नागरिकको लघुबीमा गर्ने कार्यक्रम अघि सारेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यस्तो कार्यक्रम अघि सारेको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहमार्फत नागरिकको लघुबीमा गराउन सहजीकरण गर्ने घोषणा गरेका हुन् । 

नीति तथा कार्यक्रममा भनिएको छ ‘देशभर बीमाको पहुँच विस्तार गर्ने र न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबीमा गराउन सहजीकरण गरिने छ ।’
 

All financial information at your fingertips. 


शेयर गर्नुहोस