हिमालयन लाइफको व्यतीत बीमालेख नवीकरण गर्दा छुट

हिमालयन लाइफको व्यतीत बीमालेख नवीकरण गर्दा छुट

बीमा खबर । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेख नवीकरण गराउँदा लाग्ने बिलम्व शुल्कमा छुट दिएको छ । हिमालयन लाइफ इन्स्योरेन्स विभिन्न तीन कम्पनी मर्ज भएर बनेको जीवन बीमा कम्पनी हो । 

साविकका प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफबाट बीमा गराई व्यतीत भएका बीमालेखहरुमा बीमा शुल्कको ब्याज र जरिवाना छुट दिएको कम्पनीले जनाएको छ । सेवाग्राहीले २०८० जेठ मसान्तसम्म व्यतीत भएका बीमालेख नवीकरण गर्दा ब्याज र जरिवानामा छुट पाउनेछन् । 

इन्स्योरेन्सका अनुसार एक वर्षदेखि ३ वर्षसम्मको बीमालेख नवीकरण गराउँदा लाग्ने ब्याज र जरिवानामा शतप्रतिशत छुट हुने छ । ३ वर्षदेखि ७ वर्षसम्म ५० प्रतिशत र ७ वर्षमाथिको बीमालेखमा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । 

यस्तो सुविधा बीमा अवधिभर एकपटकसम्म मात्रै पाउन सकिने इन्स्योरेन्सले जनाएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस