बलेफी हाइड्रोपावरले धितोपत्र बोर्डबाट पायो हकप्रद सेयर निष्काशन गर्न स्वीकृति

बलेफी हाइड्रोपावरले धितोपत्र बोर्डबाट पायो हकप्रद सेयर निष्काशन गर्न स्वीकृति

कर्पोरेट । बलेफी हाइड्रोपावर लिमिटेडले सत प्रशतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । 

हाइड्रोपावरले १ः१को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न बोर्डसँग स्वीकृति मागेको थियो । बोर्डले कात्तिक ४ गते हाइड्रोपावरलाई हकप्रदा निष्काशनका लागि स्वीकृति प्रदान गरेको हो । 

 

 

हाल हाइड्रोपावरको चुक्तापुँजी एक अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ छ । अब हाइड्रोपावरले एक करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । 

 

 

२०८१ कात्तिक ६ गते मंगलबार ।


शेयर गर्नुहोस