कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियूक्त 

कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियूक्त 

बैंकको खबर । कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा अर्थमन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थमन्त्री स्तरको निर्णयबाट मैनाली बैंकको सञ्चालक सदस्यमा नयुक्त भएका हुन् । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका छन् । 

सपथ ग्रहण समारोहमा कृषि विकास बैंक लि.का सञ्चालक सदस्यहरु संजिवकुमार कर्ण, गोविन्दप्रसाद भट्टराई, संजिव पौडेल, विनोदकुमार गुरांगाई, रीता सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेल लगायतको उपस्थिति थियो ।
 

All banking information at your fingertips.


शेयर गर्नुहोस