धितोपत्र बोर्डमा रोजगारीको अवसर

धितोपत्र बोर्डमा रोजगारीको अवसर

बैंकको खबर । नेपाल धितोपत्र बोर्डले केही संख्यामा कर्मचारी माग गरेको छ । बोर्डले आज सूचना जारी गरेर विभिन्न ६ पदका लागि आवेदन आह्वान गरेको हो । बोर्डले सहायक निर्देशक २ जना, वरिष्ठ सहायक १ जना, र सहायक ३ जना गरि कुल ६ जना मागेको हो । 

बोर्डले उक्त पदमा खुला र समावेसी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न लागेको जनाएको छ । दरखास्त दिन इच्छुकले बोर्डको वेवसाइटमा उपलब्ध आवेदन फर्म भरेर बुझाउनु पर्नेछ । दरखास्त दिन चाहनेले भदौ २७ गतेसम्म आवेदन दिनुपर्नेछ ।

थप दस्तुर तिरेर असोज ३ गतेसम्म आवेदन बुझाउन सकिने पनि बोर्डले जनाएको छ । लिखित परीक्षा लोकसेवा आयोगबाट सञ्चालन हुनेछ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस