बैंकिङ प्रणालीमा निक्षेप पाँच अर्ब घट्यो, कर्जा प्रवाह आठ अर्ब बढ्यो 

बैंकिङ प्रणालीमा निक्षेप पाँच अर्ब घट्यो, कर्जा प्रवाह आठ अर्ब बढ्यो 

बैंकको खबर । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीमा निक्षेप घटेको छ भने कर्जा प्रवाह बढेको छ । भदौ २४ गते सोमबारको दिन बैंकिङ प्रणालीमा निक्षेप संकलन पाँच अर्ब रुपैयाँ घटेको छ भने कर्जा प्रवाह आठ अर्ब रुपैयाँ बढेको छ । सोदिन बैंकहरुको कुल निक्षेप संकलन ६४ खर्ब ७९ अर्ब रुपैयाँ र कर्जा प्रवाह ५२ खर्ब १३ अर्ब रुपैयाँ कायम भएको छ ।

निक्षेपको तुलनामा कर्जा विस्तार कम भइरहेको अवस्थामा यो वृद्धिले अब कर्जाको माग बढेर जानसक्ने संकेत गरेको छ । तर यो यो अवस्था एक दिन मात्रै देखिएको हो की अझै रहन्छ त्यो भने हेर्नुपर्ने हुन्छ । 

अहिले बैंकिङ प्रणालीमा ६ खर्ब १८ अर्ब रुपैयाँ बराबर थप लगानी गर्न मिल्ने पैसा छ । तर कर्जाको माग नहुँदा बैंकहरुको कर्जा विस्तार सुस्त देखिएको छ । 

अहिले बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.०२ प्रतिशत छ ।

All banking information at your fingertips.


शेयर गर्नुहोस