सेयर बजारमा चार्ट विश्लेषण, लगानी गर्दा के कुरामा ध्यान दिने ?

सेयर बजारमा चार्ट विश्लेषण, लगानी गर्दा के कुरामा ध्यान दिने ?

बैंक खबर । पूँजी बजार (शेयर बजार)मा लगानी गर्दा मुलतः आधारभुत, प्राविधिक र मनोविज्ञान सम्बन्धी विश्लेषण गर्ने गरिन्छ । आधारभूत विश्लेषणमा कम्पनीको आधारभूत विषयहरुः वित्तीय विवरण, कम्पनीको अवस्था, गुडविल, सञ्चालकको अवस्था लगायतका विषयमा विश्लेषण गर्न सकिन्छ । प्रविधिक विश्लेषण अन्तर्गत सेयरको मूल्यले बनाउने रेखाचित्रमा बन्ने विभिन्न आकृतिको विश्लेषण गर्ने गरिन्छ । प्राविधिक विश्लेषणमा केही सूचकहरु पनि विकास भएका छन् । त्यस्तै लगानीकर्ताको मानोविज्ञानको विश्लेषण पनि महत्वपूर्ण छ । 

आज हामी प्रविधिक विश्लेषणबाट कसरी सूचक घट्ने वा बढ्ने गर्छ भन्ने कुरा देखाउन खोजेका छौं । शेयर बजारमा उपलब्ध हुने चार्टमा विभिन्न समयमा बनेका आकृतिहरुबाट भविश्यमा घट्ने वा बढ्ने के हुन्छ भन्ने विषयको जानकारी पाउन सकिन्छ । सामान्य तया प्राविधिक विश्लेषणमा विगतमा बजारले बनाएको ट्रेण्ड भविश्वमा पनि दोहोरिन्छ भन्ने मान्यता अनुसार काम गरिन्छ । बजार घट्ने वा बढ्ने भन्ने संकेत चार्टबाट कसरी थाहा पाउन सकिन्छ हेरौं केही चार्टहरु । 

हेड एन्ड सोल्डजर आकृति
हेड एण्ड सोल्डजर आकृति आगामि दिनमा बजार घट्ने संकेत हो । यस्तो आकृति देखिएमा लगानीकर्ताले सेयर बिक्रिगरि नाफा सुरक्षित तथा घाटा कमगर्न सक्दछन् ।

उल्टो हेड एण्ड सोल्डर
जब ट्रेन्ड लाइनले नेक लाइनलाई पार गर्छ यसले बजार तीब्र गतिमा बढ्ने संकेत प्रदान गर्छ ।

दोहोरो उचाईको निर्माण
शेयरबजारमा डबलटप बियरिस ट्रेण्डको संकेत हो । यस्तो आकृति देखा परेमा आगामी दिनमा मूल्य घट्ने सम्भावना रहेकाले शेयर बिक्रीगर्नु उपयुक्त हुन्छ ।

दोहोरो न्युनतमबिन्दुको निर्माण
शेयरबजारमा ट्रेण्ड लाइनको डब्लु आकृति बुलिस टे«न्डको संकेत हो । यदि यस्तो आकृति देखा परेमा सेयर किन्नु उपयुक्त हुन्छ ।

गोलाकार न्युनतमबिन्दु
गोलाकार न्युनतमबिन्दु बुलिस ट्रेन्ड संकेत हो । यदि सेयर मूल्यलाई ट्रेन्ड लाइनमा प्रस्तुत गरी न्यूनतम बिन्दुहरु जोड्दा यस्तो आकृति देखा परेमा सेयर किन्नु उपयुक्त हुन्छ ।

त्रिभुज
ट्रेन्ड लाइनका उच्चतम र न्यूनतमबिन्दु जोड्दा त्रिभुज आकार बनेमा उक्त त्रिभुज कता फर्केको छ भन्ने कुराले बजार तलवामाथि जान्छ भन्ने अनुमान लगाउन सकिन्छ । त्रिभुज माथि फर्केको बनेमा आगामी दिनमा बजार बढ्ने संकेत गर्छ भने तल फर्केमा बजार घट्ने संकेत दिन्छ । माथि फर्केको त्रिभुज बनेमा सेयर किन्नु उपयुक्त हुन्छ भने तल फर्केको त्रिभुज बनेमा बेच्ने उपयुक्त हुन्छ ।

चतुर्भुज
यदिबजार घट्दै गएर मूल्य रेखा यो चतुर्भुजको तल्लो रेखा भन्दा तल गए सेयर किन्नु उपयुक्त हुन्छ भने रेखा भन्दा माथि गएमा सेयर बिक्री गर्नु उपयुक्त हुन्छ ।

कप एण्ड ह्याण्डल
तेस्रो उचाइमा पुगेर जब लाइन तल झर्न सुरु गर्छ यो नै बजार घट्ने सशक्त संकेत हो ।

ट्रिपल टप
तेहरो उचाई हेड एन्ड सोल्जरको आकृतिमा देखा पर्छ । डबल टप नै बजार घट्ने संकेत भएता पनि बजार पुनः बढी तेहोरो उचाइनिर्माण गर्छ भने यो बजार घटेने अझ दरिलो संकेत हो ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस