सेयरबजारमा साढे १५ अर्ब बढीको कारोबार, नेप्से ५९.६८ अंक बढ्यो

सेयरबजारमा साढे १५ अर्ब बढीको कारोबार, नेप्से ५९.६८ अंक बढ्यो

सेयर खबर । सेयरबजार बिहीबार पनि उच्च अंकले बढ्यो । नेप्से परिसूचक ५९.६८ अंकले बढेर दुई हजार चार सय २४ दशमलव ३२ विन्दुमा पुगेको छ । 

१५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता सेयर किनबेच भएको छ । केही दिनदेखि बजार निरन्तर बढेपछि लगानीकर्ताले खरिद चाप बढाएका छन् । यसको असर नेप्से उच्च अंकले बढी रहेको छ भने कारोबार रकम पनि १५ अर्ब नाघेको छ । 

बिहीबार कारोबार भएका २४३ कम्पनीमध्ये १४४ वटाको सेयरमूल्य बढ्दा बजारमा हरियाली छाएको हो । तर ९५ कम्पनीका सेयरधनीले गुमाएका छन भने ४ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

यसदिन फाइनान्स र जलविद्युत बाहेक सबै समूह बढेका छन् । लगानीकर्ता बैंकिङ समूहको सेयर किन्न झुम्मिएको देखिन्छ । त्यसैले बिहीबार बैंकिङ समूह सबैभन्दा धेरै ६.२८ प्रतिशत बढेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेघा बैँक, नेपाल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तिय संस्था तथा थ्रि स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा दश प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

यस्तै, कुमारी सबल योजना पाँच दशमलव ७६, सिन्धु विकास बैँक चार दशमलव ५७, गुहेश्वरी मर्चेन्ट चार दशमलव २२, एनसिसी डिवेञ्चर तीन दशमलव ९३ र श्री इनभेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले तीन दशमलव ९० प्रतिशतले गुमाए । 

All financial information at your fingertips.


शेयर गर्नुहोस