नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

बीमा खबर । नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले विशाल ग्रुपको स्वामित्वमा रहेको सो सेयर बिक्री गर्न बोलपत्र आह्वान गरेको हो । 

प्रतिकित्ता न्यूनतम ४५० रुपैयाँमा बिक्री गर्ने भएकोले सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरुले २०८१ असोज ८ गते कार्यालय समयभित्र आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । 

सेयर बिक्रीका लागि बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको  छ । 

सेयरखरिद गर्न इच्छुक विद्यमान सेयरधनीले न्यूनतम एक लाख कित्ताको लागि आवेदन दिनुपर्नेछ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस