सहकारीको बचत हिनामिनामा रवि दोषी, संसदीय छानबिन समितिले गर्यो कारबाहीको सिफारिस

सहकारीको बचत हिनामिनामा रवि दोषी, संसदीय छानबिन समितिले गर्यो कारबाहीको सिफारिस

बैंकको खबर । संसदीय छानविन विशेष समितिले सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकम अपचलन गरेको ठहर गदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको छ ।

लामिछानेले गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहँदा सहकारी संस्थाहरुको रकम प्रवाह भएको र गोर्खा मिडियाको सेयरधनी भएको नाताले लामिछाने दोशी भएको छानविन समितिको निष्कर्ष छ । 

विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ आएको र सो रकम खर्च गर्दा रविको संलग्नता देखिएको भन्दै छानविन समितिले कारबाहीको सिफारिस गरेको छ ।

समितिले दिएको सुझाव र सिफारिसको खण्डको पूर्णपाठ


शेयर गर्नुहोस