सेयरबजारमा नेप्से परिसूचक २५.४६ अंक घट्यो

सेयरबजारमा नेप्से परिसूचक २५.४६ अंक घट्यो

बैंकको खबर । सेयरबजारमा नेप्से परिसूचक आइतबार पनि घटेको छ । नेप्से २५.४६ अंकले घटेर २७०१.९० विन्दुमा झरेको छ । 

कूल १० अर्ब १२ करोड २४ लाख आठ जार दुई सय ४८ रुपैयाँको दुई करोड २२ लाख ६२ हजार नौ सय २४ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका १३ समूहमध्ये तीन वटाको सूचक उकालो लागेको छ भने १० वटामा गिरावट आएको छ । 

माहुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, मनकामना इञ्जिनियरिङ हाइड्रोपावर नौ दशमलव ९५ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले आठ प्रतिशतले कमाएका छन् । 

थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत बढेको छ । यस्तै, कुमारी इक्विटी फण्डका इकाइधनीले आठ दशमलव शून्य सात प्रतिशत, गुडविल फाइनान्सका सेयरधनीले छ दशमलव शून्य पाँच, डोल्टी पावर कम्पनीकाले चार दशमलव ५४ र मातृभूमि लघुवित्तका सेयरधनीले चार दशमलव ४५ प्रतिशतले गुमाएका छन् । 

All banking information at your fingertips.


शेयर गर्नुहोस