बैंकमा पैसा थुप्रिएपछि आज फेरि २५ अर्ब तान्दै राष्ट्र बैंक

बैंकमा पैसा थुप्रिएपछि आज फेरि २५ अर्ब तान्दै राष्ट्र बैंक

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पैसा थुप्रिदै गएपछि तरलता व्यवस्थापन गर्न केहिदिन यता बजारबाट लगातार पैसा तान्दै आएको छ । आज (२०८१ असोज २ गते बुधबार) पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब तान्न सूचना निकालेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि सो रकम प्रशोचन गर्न लागेको हो । 

आज दिउँसो ३ बजे बोलकबोल हुने यो उपकरण आजै जारी हुनेछ । यस निक्षेप संकलन उपकरणको साँवा ब्याज भुक्तानी असोज २३ गते हुनेछ । ब्याजदर निर्धारण बोलकबोलको आधरमा हुनेछ ।

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आज (असोज २ गते) २१ दिन अवधिको एक सय अर्ब रूपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ ।

निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । बोलकबोलमा सहभागी हुन केन्द्रीय बैंकले तोकेका सर्तहरु भने पुरा गरेको हुनुपर्नेछ ।
 

All banking information at your fingertips.


शेयर गर्नुहोस