महालक्ष्मी विकास बैंक र जेबी अटोमोटिभबीच सम्झौता

महालक्ष्मी विकास बैंक र जेबी अटोमोटिभबीच सम्झौता

बैंकको खबर । महालक्ष्मी विकास बैंक र नेपालका लागि टाटा गाडीको डिलर जेबी अटोमोटिभ कम्पनी प्रा.लि.बीच गाडी खरिदमा कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । महालक्ष्मी विकास बैंकमार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमा कर्जा प्रदान गर्ने समझदारी भएको हो । 

विद्युतीय गाडीको हकमा अधिकतम पाँच वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशतमा जुन कम हुन्छ सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम आठ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशतमा जुन कम हुन्छ सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ । 

कर्जा लिन चाहने ग्रँहकले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालय तथा पत्रपत्रिकामा रहेको क्यूआरकोड स्क्यान गरेर आवेदन दिन सक्नेछन् । 

बैंकले विगत ३० वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले देशभर १०३ शाखा कार्यालयमार्फत करिब सात लाख ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस