मेरो माइक्रोफाइनान्सका नवनियुक्त कर्मचारीलाई तालिम

मेरो माइक्रोफाइनान्सका नवनियुक्त कर्मचारीलाई तालिम

बैंक खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले  नवनियुक्त  कर्मचारीहरूलाई ३ दिने अभिमुखिकरण तथा पूर्वसेवाकालीन तालिम सम्पन्न गरेको छ । तालिममा २२ जना कर्मचारी सहभागी थियो ।

कर्मचारीहरुलाई संस्थासम्बन्धी कामहरु, नीति नियमको बारेमा जनकारी गराउने उद्देश्यले दिइएको लघुवित्तले जनाएको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले ग्राहकहरूलाई चुस्त र गुणस्तरीय सेवा दिई संस्थाको उत्पादकत्व वृद्धि गर्न युवा जनशक्ति सक्षम हुने बताए । नवनियुक्त कर्मचारीहरूलाई संस्थाको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ समेत गराइएको थियो ।

लघुवित्तले मुलुकभर १४९ शाखा  कार्यालय र २४ अनुगमन कार्यालयमार्फत लघुबित्त सेवा प्रदान गरिरहेको छ । 

All financial information at your  fingertips.


शेयर गर्नुहोस