अमेरिकी डलरको भाउ स्थिर, यूरो महँगियो, अन्य विदेशी मुद्राको भाउ कति छ ?

अमेरिकी डलरको भाउ स्थिर, यूरो महँगियो, अन्य विदेशी मुद्राको भाउ कति छ ?

बैंक खबर । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा छ । आइतबार पनि यही दरमा कारोबार भएको थियो ।

युरोपियन यूरोको मूल्य भने आइतबारको तुलनामा प्रति यूरो २२ पैसा बढेको छ । एक यूरोको खरिद दर १४५ रुपैयाँ ४६ पैसा र बिक्री दर १४६ रुपैयाँ १२ पैसा तोकिएको छ । आइतबार एक यूरोको खरिद दर १४५ रुपैयाँ २४ पैसा र बिक्री दर १४५ रुपैयाँ ८९ पैसा थियो ।

बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १७३ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ सात पैसा तोकेको छ । 

सोमबारका लागि अस्ट्रेलियन डलरको खरिद दर ९० रुपैयाँ ४७ पैसा र बिक्री दर ९० रुपैयाँ ८८ पैसा कायम छ । क्यानेडियन डलरको खरिद दर ९७ रुपैयाँ ८२ पैसा र बिक्री दर ९८ रुपैयाँ २६ पैसा कायम भएको छ ।

राष्ट्र बैंकले मलेसियन मुद्रा रिंगिटको खरिद मूल्य २८ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ६९ पैसा तोकेको छ । कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा तोकेको छ । यस्तै साउदी अरेबियन रियालको खरिद दर ३५ रुपैयाँ ५६ पैसा र बिक्री दर ३५ रुपैयाँ ७२ पैसा तोकेको छ ।

दक्षिण कोरियन वोन १०० को खरिद दर ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७४ पैसा छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस