नेपाल टेलिकमले हरायो १० लाख रुपैयाँको रिचार्ज कार्ड

नेपाल टेलिकमले हरायो १० लाख रुपैयाँको रिचार्ज कार्ड

कर्पोरेट । नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको जनाएको छ । ढुवानीको क्रममा ति रिचार्जकार्ड हराएको टेलिकमले जनाएको छ । 

टेलिकमले बुधबार एक सूचना जारी गर्दै १० लाख रुपैयाँ बराबरको नमस्ते रिचार्ज कार्ड हराएको जनाएको हो ।

टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ‘यस कम्पनीको ५० रुपैयाँ दरको सि.नं. ११२२१२००१३७८००१ देखि सि.नं. ११२२१२००१३८०००००सम्मका नमस्ते ब्रान्डको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको हुँदा उक्त सिरियल नं. भएका रिचार्ज कार्डहरु खरिद तथा बिक्री विनरण नगर्नुहुन सम्पूर्ण ग्राहक तथा वितरकहरुमा अनुरोध गरिन्छ । यदि कतै भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिनुहुन अनुरोध सहित यो सूचना प्रकाशित गरिएको छ ।’
 

All financial information at your fingeritps.


शेयर गर्नुहोस