घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य 

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य 

अर्थतन्त्र । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतबाट खरिद मूल्य घटेर आएपछि निगमले पनि बिक्री मूल्य घटाएको हो । 

निगमका अनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर दुई रुपैयाँ घटाइएको छ । घटेको मूल्य चैत ३ गते बिहान १ बजेदेखि लागू हुनेछ । 

नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर खुद्रा बिक्री मूल्य १७१ रुपैयाँ, डिजेल र मट्टितेल १५८ रुपैयाँ तोकिएको छ । यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर खुद्रा बिक्री मूल्य १७० रुपैयाँ, डिजेल र मट्टितेल १५७ रुपैयाँ तोकिएको छ । चारअली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, घनगढी र विरगञ्ज क्षेत्रमा  पेट्रोल प्रतिलिटर खुद्रा बिक्री मूल्य १६८ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल १५५ रुपैयाँ तोकिएको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस