मल्टिपर्पस फाइनान्सको नाफा बढ्यो

मल्टिपर्पस फाइनान्सको नाफा बढ्यो

बैंक खबर । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मल्टीपर्पस फाइनान्सले ६५ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा फाइनान्सको नाफा १५ गुणा बढी हो । गतवर्ष पहिलो त्रैमासमा फाइनान्सले चार लाख १८ हजार रुपैयाँ नाफा कमाएको थियो । 

अहिले कम्पनीको खुद ब्याज आम्दानी २९७.६६ प्रतिशत र सञ्चालन नाफा ९८९.४५ प्रतिशतले बढेको छ । यहीकारण फाइनान्सको नाफा बढेको हो । 

५९ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको रिजर्भ कोषमा ६ करोड २३ लाख रुपैयाँ छ । 

फाइनानसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ २२ पैसा कायम भएको छ । यस्तै प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ९५ पैसा छ । निष्क्रिय कर्जा १.२२ प्रतिशत कायम भएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस