नेपाल राष्ट्र बैंकको काम कर्तव्य र अधिकार

नेपाल राष्ट्र बैंकको काम कर्तव्य र अधिकार

बैंक खबर । नेपाल राष्ट्र बैंकको स्थापना २०१३ साल वैशाख १४ गते तत्कालीन ‘राष्ट्र बैंक ऐन, २०१२’ अनुसार भएको हो । यो बैंक केन्द्रीय बैंक भएकाले देशको मौद्रिक प्रणालीलाई सञ्चालन गर्ने र नियमन गर्ने काम गर्छ । त्यसैले राष्ट्र बैंकलाई नियामक निकायम पनि भन्ने गरिन्छ ।

राष्ट्र बैंकले खासगरी मुद्राको व्यवस्थापन, नोट तथा सिक्का निष्कासन, नीतिको सञ्चालन, सरकारको बैंक तथा बैंकहरुको बैंकको रुपमा काम गर्दछ । यससँगै मौद्रिक नीति तर्जुमा र कार्यान्वयन गर्ने, विदेशी विनिमय सम्बन्धी काम गर्ने, बैंक तषा वित्तीय संस्थलाई इजाजतपत्र दिने, नियमन तथा सुपरिवेक्षण गर्ने, भुक्तानी प्रणालीलाई नियमन तथा व्यवस्थित गर्ने लगायतका काम राष्ट्र बैंकले गर्दछ । ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लागू भएपछि राष्ट्र बैंकले उक्त ऐनले दिएको क्षेत्रभित्र रहेर देशको केन्द्रीय बैंकको रुपमा काम गर्दछ ।  

‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ ले निर्धारण गरेका राष्ट्र बैंकका काम, कर्तव्य र अधिकार यस प्रकार छन् ।
(क) बैंक नोट तथा सिक्का निष्कासन गर्ने, 
(ख) मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने, गराउने, 
(ग) विदेशी विनिमय नीति निर्माण गर्ने तथा सो नीति कार्यान्वयन गर्ने, गराउने, 
(घ) विनिमय दर पद्धति निर्धारण गर्ने, 
(ङ) विदेशी विनिमय सञ्चितिको व्यवस्थापन र सञ्चालन गर्ने, 
(च) वाणिज्य बैंक तथा वित्तीय संस्थालाई बैकिङ तथा वित्तीय कारोबार गर्न इजाजतपत्र जारी गर्ने, त्यस्तो कारोबारको सम्बन्धमा आवश्यक नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने, 
(छ) नेपाल सरकारको बैंक, सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने, 
(ज) वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने, 
(झ) भुक्तानी, फछ्र्याैट (क्लियरिङ) तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रवद्र्धन गरी सो कार्यलाई नियमित गर्ने, र 
तरलता व्यवस्थापनको निमित्त आवश्यक उपकरणको माध्यमद्वारा खुला बजार कारोबार सञ्चालन गर्ने ।
(ञ) ऐन बमोजिम बैंकको उद्देश्य हासिल गर्नको निमित्त बैंकले गर्नु पर्ने अन्य आवश्यक कार्यहरु कार्यान्वयन गर्ने, गराउने। 

यससँगै नेपाल राष्ट्र बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अथवा अन्य प्रचलित कानूनद्वारा प्रदान गरिएको अधिकारको प्रयोग गर्दा आवश्यक पर्ने अन्य काम, कारबाही समेत गर्ने अधिकार रहेको छ । त्यस्तै बैंकले ऐन अन्तर्गत पाएको अधिकारको अतिक्रमण अन्य कुनै निकायबाट नहुने व्यवस्था समेत छ । 

All financial information at your fingertips.


भिडियो हेर्नुहोस

शेयर गर्नुहोस