सिटिजन्स बैंकको लाभांश घोषणा, सेयरधनीले ४ प्रतिशत बोनस सेयर पाउने

बैंकको खबर । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
असोज ७ गते, सोमबार बसेको बैंकको ४६३ औँ सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ४.२१ प्रतिशत नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
All banking information at your fingertips.