मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?

बैंक खबर । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ९.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
All financial information at your fingertips.