लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा

लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा

बीमा खबर । प्रभु इन्स्योरेन्स लिमिटेडले २८ औँ वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश पारित गर्न साधारणसभा बोलाएको हो । 

इन्स्योरेन्सले वैशाख २० गते, बिहीबार, आफ्नो केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुनेमा साधारणसभा डाकेको हो । 

साधारणसभाले चुक्ता पूँजी १ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव माथि पनि छलफल गरि निर्णय गर्नेछ । यस्तै सञ्चालक समितिको संरचना परिवर्तन गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने छ । 

साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्सले वैशाख ७ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । वैशाख ६ गतेसम्म दोस्रो बजारमा कारोबार भई कायम सेयरधनीहरु साधारणसभामा भाग लिन र लाभांश प्रप्त गर्न सक्नेछन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस