एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकको खबर । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि भोली (असोज ८ गते) बुकक्लोज गर्दैछ ।
आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारणसभामा सहभागि हुन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
बैंकले चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । बैंकले असोज २० गते, आइबार, आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा ३० औँ वार्षिक साधारणसभा बोलाएको छ।
All banking information at your fingertips.