अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

बैंकको खबर । नेपाली बजारमा आज (२०८१ असोज ७ गते सोमबार) अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ्गको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ १ पैसा तोकेको छ । हिजो आइतबार पनि यही दरमा कारोबार भएको थियो । 

युरोपियन युरोको भाउ भने आइतबारको तुलनामा केही बढेको छ । एक युरोको खरिददर १४८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५९ पैसा तोकेको छ । हिजो आइतबार एक युरोको खरिददर १४८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा थियो ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो आइतबार एक पाउण्डको खरिददर १७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७८ रुपैयाँ १२ पैसा थियो ।
 

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर


शेयर गर्नुहोस