तीन दर्जन संस्थालाई सहयोग गरेर महालक्ष्मी विकास बैंकले मनायो वार्षिकोत्सव

तीन दर्जन संस्थालाई सहयोग गरेर महालक्ष्मी विकास बैंकले मनायो वार्षिकोत्सव

बैंक खबर । महालक्ष्मी विकास बैंकले आफे २९ औं वार्षिकोत्सव मनाएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत, विद्यालय, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रमहरुलाई आर्थिक सहयोग गरेर वार्षिकोत्सव मनाएको हो ।

बैंकले हाकिमचोक शाखाद्वारा  गैडाकोट नगरपालिका वडा नं ३ मा अवस्थित भुजेल गाँउका अति विपन्न घरधुरीका लागि निर्मित ३५ वटा शौचालयको रंङ्गरोगन एवं सन्देशमुलक स्वास्थ्य तथा सरसफाई सम्बन्धी सन्देश लेखाइका निमित्त रोटरी क्लब अफ गैडाकोटलाई दुई लाख पचास हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ । 

त्यस्तै नेपालगंज शाखाद्वारा कोहलपुर नगरपालिका वडा नं ९ मा अवस्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई स्वास्थ्य परिक्षणका लागि आवश्यक मेसिन हस्तान्तरण गरिएको छ ।साँफे शाखाद्वारा बान्नीगढी जयगढ गाँउपालिका वडा नं १ गाँज्रामा अवस्थित राष्ट्रभाषा माध्यमिक विद्यालयलाई पर्खाल तथा खेल मैदान निर्माण र प्रभावकारी कक्षा सञ्चालनका लागि रु.एक लाख पचास हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ ।

विराटनगर शाखाद्वारा विराटनगर नगरपालिका वडा नं ८ मा अवस्थित विराटेश्वर वृद्घाश्रम सेवा समितिलाई सभाहल निर्माणका निमित्त रु. पचास हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ । सुर्खेत शाखाद्वारा बिरेन्द्रनगर नगरपालिका वडा नं १२ मा अवस्थित मानवसेवा आश्रमलाई खाद्यान्न, फलफुल, तरकारी तथा दैनिक अत्यावश्यक सामाग्री प्रदान गरिएको छ ।

त्यस्तै बाँसगढी शाखाद्वारा बाँसगढी नगरपालिका वडा नं ५ मा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । चैनपुर शाखाद्वारा जयपृथ्वी नगरपालिका वडा नं ११, दैकुमालामा अवस्थित श्री नीलकट्टी माध्यमिक विद्यालयलाई तीस थान कुर्सी प्रदान गरिएको छ ।

भैरहवा शाखाद्वारा सिद्घार्थनगर नगरपलिका वडा नं २ मेउडिहवामा अवस्थित श्री मेउडिहवा आधारभूत विद्यालयमा साइकल पार्किङ्ग स्थल निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ । लाहान शाखाद्वारा लाहान नगरपालिका वडा नं १४, बस्तीपुरमा अवस्थित आधारभूत विद्यालय बस्तीपुरमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय पोसाक तथा आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

भाटभटेनी र तीनचुली शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ४, बालुवाटारमा अवस्थित महेन्द राष्ट्रिय माध्यमिक विद्यालयलमा प्रारम्भिक बाल कक्षामा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्घि गर्न र अध्यापनलाई प्रविधि मैत्री बनाउन विद्यालयलाई एक थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरिएको छ ।

बैकको केन्द्रिय कार्यालयले पुल्चोक क्याम्पस (इन्स्टीच्युट अफ इन्जिनियरिङ्ग), पुल्चोक ललितपुरलाई कम्बोडियामा आयोजित कार्यक्रममा सहभागिता जनाउनका लागि एक लाख बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । 

कोटेश्वर शाखाद्वारा प्रहरी प्रभाग कोटेश्वरलाई काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वरको सार्वजनिक सुरक्षा, अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने कार्यमा खटिने प्रहरीलाई शुद्घ पानीको व्यवस्थापन लागी वाटर फिल्टर र बाह्र थान कुर्सी हस्तान्तरण गरेको छ । 

धनगढी शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, कैलालीलाई धनगढीको सार्वजनिक सुरक्षा, अमनचयन कायम राख्न, सम्भावित अपराधको रोकथाम तथा नियन्त्रण गर्न जडान गरिएका सि.सि.क्यामराहरु बिग्रिएकाले उक्त क्यामराहरुको मर्मत कार्य लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

मैतिदेवी शाखाद्वारा सृजनशील अपाङ्ग आवाज नेपालमा बस्ने बाह्र जना अपाङ्गता भएका महिलाहरुको दैनिक आवश्यकताहरु पुरा गर्नका लागि उक्त संस्थालाई पच्चिस हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । 

चिप्लेढुङ्गा शाखाद्वारा पोखरा महानगरपालिका वडा नं ४ मा अवस्थित नविन माध्यमिक विद्यालयलाई पाँच थान वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । लेकसाइड शाखाद्वारा पोखरा महानगरपालिका वडा नं ८ को फोहोर व्यवस्थापन गर्नका लागि प्रतिभा मार्ग टोल विकास संस्थालाई चालिस थान डष्टविन हस्तान्तरण गरेको छ ।

कालिमाटी शाखाद्वारा चन्द्रागिरि नगरपालिका, कीर्तिपुरमा अवस्थित बाल कल्याण विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय पोसाक तथा आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

भक्तपुर शाखाद्वारा चाँगुनारायण नगरपालिका वडा नं २, झाँखेल भक्तपुरमा अवस्थित आजाद माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय झोला तथा आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । खुरखुरे शाखाद्वारा राप्ती नगरपालिका वडा नं ७ मा अवस्थित विरेन्द्र आदर्श माध्यमिक विद्यालयलाई विद्यालयको पुस्तकालय प्रायोजनार्थ एक थान कम्पुटर तथा प्रिन्टर प्रदान गरेको छ ।

दमक शाखाद्वारा कलम गाँउपालिका वडा नं ७, झर्काहा झापामा अवस्थित अरनिको प्राथामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय झोला तथा आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

महाराजगंज शाखाद्वारा टोखा नगरपालिका वडा नं ७ काठमाडौंमा अवस्थित शुभश्री बैकल्पिक महिला विद्यालयलाई वाटर डिस्पेन्सर तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

सानोभर्याङ्ग शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं १५, स्वयम्भुमा अवस्थित ईश्वर आधारभुत विद्यालयका लागि दराज, तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय पोसाक र शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेको छ । त्यस्तै, बेलौरी शाखाद्वारा बेलौरी नगर खेलकुद समितिलाई खेलकुद सामाग्रीहरु हस्तान्तरण गरेको छ । अमरपथ शाखाद्वारा मुक्तिनाथधाम मन्दिरलाई डष्टविन तथा भ्याक्युम क्लिनर प्रदान गरेको छ ।

चरिकोट शाखाद्वारा कालिञ्चोक माध्यमिक विद्यालय, चरिकोटलाई विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अध्ययन साथसाथै चौतर्फी विकासमा मद्दत पु¥याउने उद्देश्यले खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।

बिर्तामोड शाखाद्वारा शिवसताक्षी नगरपालिका वडा नं १०, साईधार झापामा अवस्थित दित्यपथ महिला सरोकार समाजलाई संस्थाले सञ्चालनमा ल्याएको सरस्वती कन्या गुरुकुलमा अध्ययनरत २५ जना विद्यार्थीहरुको आवासका लागि निर्माणाधिन भवनका लागि एकाउन्न हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ ।

पाटन शाखाद्वारा पाटन नगरपालिका वडा नं १, डंसिली बैतडीमा अवस्थित श्री कैलास आधारभुत विद्यालयका लागि आवश्यक स्टिल दारज, ह्रवाइट बोर्ड, कुर्सी लागायतका सामाग्री हस्तान्तरण गरेको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै बैंकले नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस