फेरि घट्यो बैंकहरुको ब्याजदर

फेरि घट्यो बैंकहरुको ब्याजदर

बैंकको खबर । धेरैजसो वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर ६.१९ प्रतिशतमा झरेको छ । असोजमा औसत ब्याजदर ६.३८ प्रतिशत थियो । 

सार्वजनिक भएका ब्याजदरसम्बन्धी विवरणहरुअनुसार २० वटा वाणिज्य बैंकमध्ये १० वटाले ब्याजदर घटाएका छन् । ९ वटा वाणिज्य बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन भने एउटाले ब्याजदर बढाएको छ ।

सबैभन्दा धेरै ब्याजदर हिमालयन बैंकले घटाएको छ । हिमालयनले असोजको तुलनामा ०.७५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । 

सानिमा बैंकले भने ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ । 

कात्तिक महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज माछापुच्छ्रे बैंकले दिने भएको छ । यस्तै सबैभन्दा कम ब्याज कृषि विकास बैंक र सिटिजन्स बैंक इन्टरनेसनलले दिने भएका छन् ।

कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतिमा तोकेको अधिकतम ब्याजदर

बैंकको नाम

२०८१ कात्तिक

२०८१ असोज

फरक

नेपाल बैंक

५.९५

५.९५

कृषि विकास बैंक

५.७५

६.०७

–०.३२

राष्ट्रिय वाणिज्य बैंक

५.८

–०.२०

एभरेष्ट बैंक

एनआईसी एसिया बैंक

६.९९

७.१८

–०.१९

नबिल बैंक

६.२५

६.७५

–०.५०

नेपाल एसबिआई बैंक

सानिमा बैंक

६.१५

५.९

०.२५

सिटिजन्स बैंक इन्टरनेशनल

५.७५

६.१५

–०.४०

प्राइम कमर्सियल बैंक

६.२५

–०.२५

कुमारी बैंक

६.०१

६.०१

एनएमबि बैंक

६.५

६.५

ग्लोबल आइएमई बैंक

६.२५

६.२५

स्टाण्डर्ड चार्टर्ड बैंक

६.५

–०.५०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

६.५

६.५

लक्ष्मी सनराइज बैंक

६.५

–०.५०

सिद्धार्थ बैंक

६.५

–०.५०

हिमालयन बैंक

६.२५

–०.७५

माछापुच्छ्रे बैंक

प्रभु बैंक

६.१

६.१

औसत ब्याजदर

६.१९

६.३८

–०.१९

 

All banking information at your fingertips.

 

२०८१ असोज ३० गते बुधबार ।


शेयर गर्नुहोस