थामिएन सेयरबजार, नेप्से २८.४० अंकले घट्यो

थामिएन सेयरबजार, नेप्से २८.४० अंकले घट्यो

बैंक खबर । सेयरबजारको घट्दो क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । बजार परिसूचक नेप्से २८.४० अंकले घटेर २०१९.४० अंकमा झरेको छ । 

कारोबारमा आएका सबै समूहमा गिरावट आउँदा बजार दबाबमा परेको हो । यसदिन कारोबारमा आएका २२२ कम्पनीमध्ये १९८ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । २२ वटा कम्पनीका सेयरधनीले भने कमाएका छन् । बाँकी दुई वटाको सेयरमूल्य स्थिर रहेको छ ।

बजारमा गिरावट आएसँगै कारोबार रकम पनि खुम्चिदै गएको छ । मंगलबार १ अर्ब ७३ करोड ७० लाख रुपैयाँको ४८ लाख ६० हजार कित्ता सेयरकारोबार भएको छ । लगानीकर्ताको सम्पत्ति एकैदिन ४२ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण २९ खर्ब ९२ अर्ब रुपैयाँमा झरेको छ । 

यसदिन सर्वाधिक फाइनान्स र व्यापार समूह घटेका छन् । फाइनान्स समूह २.६९ प्रतिशत र ब्यापार २.७० प्रतिशतले घटेका छन् । 

बजार घटेपनि स्वरोजगार लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार देखि कारोबार खुलेको नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य पनि सकारात्मक सर्किट लेभलमै कारोबार भएको छ । आइएमई लाइफ इन्स्योरेन्सको भने तेस्रो कारोबार दिन प्रतिकित्ता २७ रुपैयाँले घटेको छ । यसदिन सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको १०.२५ प्रतिशतको ऋणपत्र २०८०/८१को मूल्य ९ प्रतिशतले घटेको छ । 

आइएमई लाइफको सेयरकारोबार सबैभन्दा धेरै १७ करोड ८९ लाख रुपैयाँको भएको छ । त्यसपछि शिवम् सिमेन्टको ६ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस