विदेशी मुद्राको विनिमय दर : डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ घट्यो

विदेशी मुद्राको विनिमय दर :  डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ घट्यो

बैंकको खबर । नेपाली बजारमा आज (२०८१ भदौ २८ गते शुक्रबार) अमेरिकी डलर, युरोपियन युरो र  बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ भने युरोपियन युरोको बढेको छ । 

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ पाँच पैसा र बिक्री दर १३४ रुपैयाँ ६५ पैसा तोकेको छ । हिजो बिहीबार एक अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ सात पैसा र बिक्री दर १३४ रुपैयाँ ६७ पैसा थियो । 

युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ७२ पैसा र बिक्री दर १४८ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो एक युरोको खरिद दर १४८ रुपैयाँ १८ पैसा र बिक्री दर १४८ रुपैययाँ ८४ पैसा थियो ।

यसैगरी बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७४ रुपैयाँ ९३ पैसा र बिक्री दर १७५ रुपैयाँ ७१ पैसा तोकेको छ । हिजो एक पाउण्डको खरिददर १७५ रुपैयाँ ५२ पैसा र खरिददर १७६ रुपैयाँ ३० पैसा थियो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


शेयर गर्नुहोस