सेयरबजारमा बढ्यो कारोबार, नेप्सेमा सामान्य वृद्धि

सेयरबजारमा बढ्यो कारोबार, नेप्सेमा सामान्य वृद्धि

बैंकको खबर । आज (बिहीबार) सेयरबजारमा नेप्से परिसूचक सामान्य बढेको छ । बजार बन्द हुँदा नेप्से २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा कायम भएको छ । 

नेप्से सामान्य बढेपनि कारोबार रकममा भने राम्रै वृद्धि भएको छ । सात अर्ब १९ करोड २७ लाख ९२ हजार रुपैयाँ बराबरको एक करोड ८८ लाख सात हजार ४९२ कित्ता सेयर किनबेच भएको छ । हिजो बुधबार पाँच अर्ब ६६ करोड हाराहारी कारोबार भएको थियो ।

कारोबार भएका २४४ कम्पनीमध्ये १४२ वटाको सेयरमूल्यमा गिरावट आउँदा बजारमा दबाब परेको हो । तर ८९ कम्पनीका सेयरधनीले आज कमाएका छन भने १३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

बैंकिङ, फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य समूह बढेका छन् । तर विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त र व्यापार समूह घटेका छन् ।

सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयरमूल्य ७.६३ प्रतिशत बढेको छ । सबैभन्दा धेरै अपर साङ्घे हाइड्रोपावरको सेयरमूल्य ५.१९ प्रतिशत र मिड सोलु हाइड्रोपावरको ५.०३ प्रतिशतले घटेको छ । कुमारी बैंकको सर्वाधिक ३३ करोड १३ लाख ९० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 

बजार पुँजीकरण ४३ खर्ब ६५ अर्ब ३९ करोड रुपैयाँ कायम भएको छ । सर्वसाधारणसँग रहेको सेयरको बजार पुँजीकरण १५ खर्ब ४२ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

२०८१, कात्तिक १ गते बिहीबार ।


शेयर गर्नुहोस