प्राइम कमर्सियल बैंकले साढे १३ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै

प्राइम कमर्सियल बैंकले साढे १३ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै

बैंक खबर । प्राइम कमर्सियल बैंकले केही संस्थापकले बिक्री गर्न चाहेको संस्थापक शेयर मूल्य बढाबढमा बिक्री गर्ने भएको छ । बैंकले कुल १३ लाख ५० हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । 

बैंकले शेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरुलाई दिई यसअघि नै ३५ दिने सार्वजनिक सूचना निकालेको थियो । तर तोकिएको समयसम्म पर्याप्त आवेदन नपरेपछि अन्य लगानीकर्ताका लागि बिक्री खुला गरेको हो । 

शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनी, योग्य व्यक्ति/कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । आवेदन मंगलबारदेखि १५ दिनभित्र दिन सकिने बैंकले जनाएको छ । आवेदन बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादीमा बुझाउन सकिनेछ ।

बैंकले शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकेको छ । आवेदन दिँदा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । आवेदन न्यूनतम एक हजार कित्ताका लागि दिनुपर्ने बैंकले जनाएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस