सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट

बैंक खबर । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले विभिन्न संस्थाका सेवामा छुट पाउने भएका छन् ।

बैंकले काठमाडौंको तिनुकनेस्थित रिद्धिसिद्धि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टर, न्यूरोडस्थित सयपत्री मेरी गोल्ड ज्वेलर्स र ललितपुरको भैंसेपाटीस्थित अर्बन स्माइल डेन्टल केयरसँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको छ । 

सम्झौता अनुसार बैंकका ग्राहकले रिद्धिसिद्धि डायग्नोष्टिकमा २० प्रतिशत, सयपत्री मेरी गोल्डमा २५ प्रतिशत र अर्बन स्माइल डेन्टलमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । 

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधा ल्याउँदै आएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस