सात नयाँ ब्रोकरले पाए नेप्सेको सदस्यता

सात नयाँ ब्रोकरले पाए नेप्सेको सदस्यता

बैंक खबर । नेपाल स्टक एक्सचेन्जले धितोपत्र बोर्डबाट लाइसेन्स पाएका सात नयाँ ब्रोकरलाई आफ्नो सदस्यता नम्बर प्रदान गरेको छ । 

नेप्सेका अनुसार भोले गणेश सेक्युरिटिजले ब्रोकर नं. ६१, क्यापिटल म्याक्सल सेक्युरिटिजले ब्रोकर नं. ६२, हिमालयन ब्रोकरेजले ब्रोकर नं. ६३, सन सेक्युरिटिजले ब्रोकर नं. ६४, शेयर प्रो सेक्युरिटिजले ब्रोकर नं. ६५, मियो सेक्युरिटिजले ब्रोकर नं. ६६ र प्रोपर्टी विजार्डले ब्रोकर नं. ६७ पाएको छ । यस्तै नागरिक स्टक डिलरलाई ब्रोकर नं. ६० प्रदान गरेको छ । 

धितोपत्र बोर्डबाट अनुमति पत्र पाएका १८ कम्पनीले नेप्सेको कारोबार प्रणालीमा आबद्ध हुन आवेदन दिएका थिए । अझै १० कम्पनीले नेप्सेबाट सदस्यता पाउन बाँकी छ ।  

All financial information at your fingertips.


शेयर गर्नुहोस