लघुवित्तसम्बन्धी गुनासो सुन्न राष्ट्र बैंकमा छुट्टै डेस्क स्थापना

लघुवित्तसम्बन्धी गुनासो सुन्न राष्ट्र बैंकमा छुट्टै डेस्क स्थापना

बैंक खबर । नेपाल राष्ट्र बैंकले लघुवित्त सदस्यहरुको गुनासो सुन्नका लागि छुट्टै डेस्क स्थापना गरेको छ । राष्ट्र बैंकले बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरुको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाई डेस्कको स्थापना गरेको जनाएको छ । 

राष्ट्र बैंकले सूचना जारी गरेर पैसा नलाग्ने फोन नम्बर १८१०५००००२२मार्फत वा अनलाइन गुनासो पोर्टल gunaso.nrb.org.np बाट वा इमेल [email protected] मार्फत वा कार्यालय समयमा नेपाल राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने जनाएको छ । 

All financial information at your fingeritps.


शेयर गर्नुहोस