एनआइसी एशियाका ग्राहकलाई कोरियन स्कीन अस्पतालमा छुट

एनआइसी एशियाका ग्राहकलाई कोरियन स्कीन अस्पतालमा छुट

बैंक खबर । एनआइसी एशिया बैंकका ग्राहकलाई लेट मि इनमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । 

‘डिजिटल फष्ट बैंक’ बन्ने लक्ष्यसहित डिजिटल बैंकिङको प्रवद्र्धन गरिरहेको बैंकले आफ्ना ग्राहकलाई काठमाडौं स्थित नयाँ बानेश्वर र महाराजगन्जमा सञ्चालनमा रहेको कोरियन स्कीन हस्पिटल लेट मि इनमा विभिन्न सेवा लिइ डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको बैंकले जनाएको छ । सोसम्बन्धी समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख बिमल लम्साल र हस्पिटलको तर्फबाट निर्देशक मादोङसुले हस्ताक्षर गरेका छन् । 

समझदारीअनुसार बैंकमा खाता सञ्चालन गरी बैंकबाट मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरूले यो फाइदा उपभोग गर्न सक्नेछन् । जसअन्तर्गत सबै प्रकारका फेसियल उपचारमा यो छुट उपलब्ध गराउनेबारे दुवै पक्षबीच समझदारी भएको छ । डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरुसमक्ष पुर्याउने हेतुले बैंकले यस सहकार्यलाई अगाडि बढाएको जनाएको छ । भविष्यमासमेत बैंकले यसैगरी डिजिटल भुक्तानीलाई बढवा दिनकालागि यस खालका सहकार्यलाई बढाउदै लैजाने लक्ष्य लिएको जनाएको छ । 

एनआइसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, ११० विस्तारित काउन्टर र ६५ शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । 


 

All financial information at your fingertips.


शेयर गर्नुहोस