एनएमबि बैंकले सुरु गर्यो खेती कर्जा, धितो नचाहिने

एनएमबि बैंकले सुरु गर्यो खेती कर्जा, धितो नचाहिने

बैंक खबर । एनएमबि बैंकले खेती कम्पनीसँगको सहकार्यमा ‘एनएमबि खेती कर्जा’ को सुरुवात गरेको छ । बैंकले नेपालमै पहिलो पटक बिना कुनै कागजि झन्झट, बिना कुनै धितो, घरमै बसी सजिलैसँग यो कर्जा लिन सकिने जनाएको छ । यस प्रकारको सुरुवातलाई बैंकले समृद्ध नेपालको लागि एउटा सुनौलो सुरुवात भनेको छ । 

यो कर्जा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित छ । यो कर्जा लिनको लागि खेती एपभित्र एनएमबि खेती कर्जामा आवेदन दिएर ५ मिनेट भित्रै कर्जा पाउन सकिने छ । 

किसानले आफूलाई आवश्यक कृषि बिउ बिजन, कृषिजन्य वस्तु र उपकरण खरिदका लागि सरल किस्ताबन्दीमा बिना धितो ऋण प्राप्त गर्न सक्नेछन् । 

बैंकले पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित कर्जा भएकाले किसानहरुले यसअघि खेती कम्पनीसँग गरेको कारोबारको मूल्यांकनको आधारमा ऋण स्वीकृत हुने जनाएको छ । यस्तो ऋण लिने किसानले तीन महिनादखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुुक्ता गर्ने सुविधा पाउनेछन् । 

यस्तै एनएमबि बैंकमा खाता खोलेको हुनुपर्ने, खेती एप अनिवार्य डाउनलोड गरेर ग्राहक पहिचान विवरण भर्नुपर्ने, खेती फार्मसँग कारोबार गरेको हुनुपर्ने जस्ता सर्त राखेको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस