१० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

१० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

बैंक खबर । नेपाल राष्ट्र बैंकले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ङ’ बिक्री गर्ने भएको छ । सो ऋणपत्रमा असार ५ गते बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट तय हुनेछ । ब्या भुक्तानी अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ भने साँवा भुक्तानी २०८६ असार ६ गते हुुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्ने छ ।

ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक बोलकबोलमा सहभागि हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ र १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्रमा घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न पाइने छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस