कनेक्ट आइपीएसको क्यासब्याक अफर

कनेक्ट आइपीएसको क्यासब्याक अफर

बैंक खबर । कनेक्ट आइपीएसबाट जीवन बीमा रकम भुक्तानी गर्दा २० प्रतिशतसम्म रकम फिर्ता पाइने भएको छ । यसका लागि कनेक्ट आइपीएसले ‘इन्स्योरेन्स प्रिमियम पेमेन्ट क्यासब्याक’ अफर ल्याएको छ । यो अफर अन्तर्गत कुनैपनि जीवन बीमा कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना प्रयोगकर्ताले २०.८० प्रतिशत वा अधिकतम २०८० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । विजेता हरेक हप्ता लक्कि ड्रमार्फत छानिने छ । 

यो अफर असार ३ गतेदेखि लागू भई ३० गतेसम्म कायम रहने कम्पनीले जनाएको छ । अफरको अन्त्यमा एक जना विजेताले २० हजार ८० रुपैयाँ क्यासब्याक पाउने पनि आइपीएसले जनाएको छ । 

यो अफरमा कनेक्ट आइपीएसको वेब, मोबाइल एप तथा इन्स्योरेन्स कम्पनीको वेबसाइटमा जोडिएको गेटवेमार्फत भुक्तानी गरेमात्रै सहभागि भइने कम्पनीले जनाएको छ । 

कनेक्ट आइपीएसबाट प्रति कारोबार २० लाख रुपैयाँसम्म र यसको मोबाइल एपबाट प्रति कारोबार २ लाख रुपैयाँसम्म भुक्तानी गर्न मिल्छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस