नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

बैंक खबर । नागरिक लगानी कोष र खल्ती प्रा.लि.बीच योगदान रकम संकलन सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा खल्तीमार्फत योगदान रकम संकलन हुनेछ । 

सम्झौतापत्रमा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरेका छन् । सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश तथा विदेशमा रहने स्वरोजगार नेपाली नागरिकहरुलाई आवद्धता गराइ रकम संकलन गर्न सहयोग पु¥याउने छ ।

यो सँगै आर्थिक वर्ष २०८०/८१ को बजेटमा नागरिक पेन्सन कोष योजना सञ्चालन गर्ने उल्लेख भएकोले उक्त सम्झौताले यस कार्यक्रममा थप सहयोग पुगने अपेक्षा गरिएको छ ।
 

All fiancial information at your fingertips.


शेयर गर्नुहोस