बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्टबीच सम्झौता

बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्टबीच सम्झौता

बैंक खबर । नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन)बीच पर्यावरणीय, सामाजिक तथा सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता अनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनामा अवस्थित University of Pompeu Fabra Barcelona School of Management (UPF-BSM)को वातावरणीय, सामाजिक र सुशासन (ESG) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गरिने छ । सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा ESG सँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिबृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ । 

सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल के.सी. र आईआईएनका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस